UPDATED. 2019-11-18 17:38 (월)
नेपालमा अपाङ्गताको अवस्था र अन्तराष्ट्रिय गैससको भूमिका
नेपालमा अपाङ्गताको अवस्था र अन्तराष्ट्रिय गैससको भूमिका
  • Rewati Raman Dhakal 기자
  • 승인 2018.11.10 04:42
  • 댓글 0
이 기사를 공유합니다


नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा कुल जनसंख्याको १.९४ प्रतिशत अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् । नेपालमा अपाङ्गता भएका व्यक्तिको जीवन स्तर सम्बन्धी एक अध्ययन अनुसार अन्य ब्यक्तिको तुलनामा अपाङ्गताभएका ब्यक्तिको बेरोजगारी दर उल्लेख्य छ । नियमित आय हुने अपाङ्गता नभएका व्यक्तिको तुलनामा अपाङ्गता भएका व्यक्तिको आय निकै कम छ । अपाङ्गता नभएका व्यक्तिको तुलनामा अपाङ्गता भएका व्यक्तिको सेवामा पहुँचको दुरी वा खाडल ७०५ देखि ९०५ रहेको छ । सहायक सामग्रीमा न्युन पहुँच छअर्थात प्रत्येक ८ जनामा १ जनाले मात्र सहायक सामग्री पाउछन् । पारिवारिको निर्णय तह तथा मुख्य गतिविधिमा न्युन संलग्नता रहेको छ भने २०७० को निर्वाचानमा (मतदान) भाग लिने अपाङ्गता भएका र नभएका व्यक्ति बिचको खाडल वा दुरी १२५ को छ । 


अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक आर्थिक अबस्था अन्य व्यक्तिहरुको तुलनामा उल्लेख्य रुपमा कमजोर रहेको छ । पोषणयुक्त खानाहरुमा पहुँचको कमी रलैंगिक सवालअपाङ्गता भएका पुरुष र महिलामा तुलना गर्दा महिलाको अबस्था अझ पछाडि छ । 
अपाङ्गता भित्र पनि बौद्धिक अपाङगता, अटिजम, मनोसामाजिक अपाङ्गता, श्रवणदृष्टिविहिन अपाङ्गता भएका ब्यक्ति अधिकांस समाजमा देखिन सकेका छैनन उनीहरुको अवस्था अझ कमजोर रहेको छ  । काठमाण्डौ, पोखरा जस्ता मुख्य शहरहरुमा अपाङ्गता भएका केही ब्यक्तिहरुको अवस्थामा विगतमा तुलनामा पहिचानमा बृद्धिभएतापनि अन्य शहर सहित देशका दुर दराजमा अहिले पनि घर परिवारबाट बाहिर आउन सकेका छैनन ।नेपालको संविधान, २०७२ ले अपाङ्गता भएका ब्यक्तिका बारेमा सिआरपिडीको भावनाको प्रतिबिम्बन गर्न प्रयत्न गरेको छ । प्रतिनिधित्व र सहभागितामा जोड दिन कोशिश गरे पनि सो संविधानको कार्यान्वयनका लागि बनेका कतिपय ऐनहरुमा अपाङ्गताको सवालमा खुम्चिएन थालेका छन । राज्य समावेशी सिद्धान्त सहित एकात्मक शासन प्रणालीबाट संघीय शासन प्रणालीमा रुपान्तरण भइरहेको सन्दर्भमा अपाङ्गता भएका ब्यक्तिहरुको समावेशी सिद्धान्तलाई आत्मसाथ गरेर अगाडी बढनुपर्ने संविधानको मर्म हो । अवका दिनमा यस परिवर्तित संरचनासँगै राष्ट्रिय र अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरुले निम्न कार्यहरु गर्न जरुरी छ । 

विकासलाई अपाङ्गता समावेशी विकासको रुपमा अगाडी बढाएर विकासका हरेक आयामहरुमा अपाङ्गता भएका ब्यक्तिहरुको आवश्यकता र अधिकारलाई सम्बोधन हुने गरि गर्नु पर्दछ । सामाजिक रुपान्तरणका लागि अपाङ्गता भएका ब्यक्तिको जीवन स्तरमा बृद्धि, रोजगारीमा पहुँच बढाउन समावेशी शिक्षा नीति, २०७३ र अपाङ्गता भएका ब्यक्तिको अन्तराष्ट्रिय महासंधीको भावना अनुसार काम गर्नु पर्दछ । नीति निर्माण, निर्णय, योजना निर्माण, कार्यान्वयन, अनुगमन र मुल्याकंन तहमा अपाङ्गता भएका ब्यक्तिको अर्थपूर्ण सहभागिता हुन जरुरी छ ।अपाङ्गता भएका ब्यक्तिका लागि रोजगार,स्वरोजगारका कार्यक्रम मार्फत आय आर्जनमा बृद्धि गरि जीवन स्तरमा परिवर्तन गर्नु पर्दछ । अन्य ब्यक्तिको तुलनामा अपाङ्गता भएका ब्यक्तिहरुको न्यायमा पहुँचको कमी भएकोले न्यायमा पहुँच अभिबृद्धि गर्ने खालका कार्यक्रमहरु गर्नु पर्दछ । अपाङ्गता भित्र पनि बौद्धिक अपाङ्गता, अटिजम, हेमोफेलिया, मनोसामाजिक अपाङ्गता जस्ता प्रत्येक्ष नदेखिने खालका अपाङ्गता र श्रवणदृष्टिविहिन ब्यक्तिहरुको विशिष्टिकृत आवश्यकताहरु सम्बोधन गर्न जरुरी छ ।समग्र अपाङ्गता भएका ब्यक्तिको शिक्षामा पहुँच बढाउन जरुरी छ भने बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक र श्रबणदृष्टिविहिन अपाङ्गता भएका ब्यक्तिहरुको शिक्षाका लागि समावेशी शिक्षा अनुरुप शिक्षण सिकाइ पद्धति र आफुले चाहेको विद्यालयबाट शिक्षा लिन पाउने ब्यवस्थाको जरुरत छ । 


अपाङ्गता भएका ब्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगार, पुनर्स्थापना जस्ता क्षेत्रमा नेपाल सरकार र अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले विगत लामो समयदेखी काम गर्दै आइरहेका छन् । यसरी काम गर्ने संस्थाहरुको संख्या विकासको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय गैर सकारी संस्थाहरुको संख्यामा निक्कै कमी रहेको छ । नेपाल सरकार र दातृ निकायको सहयोग अपाङ्गता क्षेत्रको लागि अत्यन्तै कमी देखिन्छ । अपाङ्गता समावेशी विकासका लागि सबै अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको कार्यक्षेत्रमा अपाङ्गताको सवालमा काम गरे यस क्षेत्रका परिवर्तन हुन सक्छ ।  यसरी अन्य क्षेत्रबाट गरिएका कामहरु अधिकांस सेवामुखी अवधारणामा आधारीत छन् । त्यसरी गरिएका कामहरु अरुका लागि गरिएको काम जस्तो देखिन्छ फलत आज पनि धेरै अपाङ्गता भएका ब्यक्तिहरु घरबाट बाहिर निक्लन सकेका छैनन । उनीहरुलाई समाजले हेर्ने दृष्टिकोणमा ठुलो परिवर्तन आउन सकेको छैन । त्यसैले उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, समावेशी प्रतिनिधित्वका साथै उनीहरुको क्षमता विकास गर्नु पर्दछ ।यी सबै कामहरु गर्नअपाङ्गताको क्षेत्रमा योगदान गर्ने विज्ञ जनशक्तिको खाँचो देखिन्छ र यो आवश्यकता पुरा गर्न सरोकारवाला निकाय र अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरुको योगदान न्यून रहेको छ ।

फलत अपाङ्गता भएका ब्यक्तिहरुको लागि लक्षित गरिएका नीति तथा कार्यक्रमको प्रभावकारितामा कमी देखिन्छ  । यसको मुल कारण भनेको तथ्याकं हो । नेपालमा अपाङ्गता भएका ब्यक्तिको तथ्याकं छ तर त्यो खाली महिला र पुरषको टाउको मात्र गणना गरिएको छ । एउटा वर्ग विषेशको अवस्था मापन गर्न यतिमात्र सूचना पर्याप्त हुन सक्दैन । यसको लागि उनीहरुको सामाजिक राजनैतिक आर्थिक लगायतका अवस्था थाहा पाउन जरुरी हुन्छ । साथै सरकारी तहबाट यस बारे ठुलो अध्ययन अनुसान्धान पनि हुन सकेको छैन । केही गैर सरकारी संघ संस्थाहरुले गरेको अध्ययन यसका लागि पर्याप्त देखीएको छैन । 


अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुलेउनीहरुका बिशिष्ठिकृतउदेश्य सहित सहयोगी हातहरु बढाउदा अपाङ्गता भएका ब्यक्तिहरुले संचालन गरेका संघ संस्थाहरु मार्फत काम गर्नु पर्दछ ।यसले उनीहरुको क्षमता विकास सामाजिक सहभागिता र समावशीकरणको लागि समेत योगदान दिन सक्छ । यसैगरी नयाँ प्रयोग, नयाँ अभ्यास गर्दा नेपाली हावापानी वातावरण अनुकुल भयो भने त्यसले संस्कार संस्कृतिमा कुनै नकरात्मक प्रभाव पार्दैन । अपाङ्गताको क्षेत्रमा मात्र सहयोग गर्ने कतिपय अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको क्षेत्राधिकार अथवा दायरा साघुरो देखिएको हुँदा यसको दायरा फराकिलो बनाउन जरुरी छ । साथै बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक अपाङ्गता साथै श्रवणदृष्टिविहिन अपाङ्गता भएका ब्यक्तिहरुका सवालहरुले निरन्तर स्थान पाउन सकेका छैनन् ।त्यसैले यी सबै कुराहरुको सुनिश्चितताको लागि खण्डीकृत तथ्याकं, बिशिष्ठिकृत अध्ययन अनुसन्धान, गरि उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगार स्वरोजगारमा पहुँच अभिबृद्धि गर्दै, सामाजिक, राजनैतिक र आर्थिक अवस्थामा परिवर्तन गर्नु आजको आवश्यकता रहेको छ ।


댓글삭제
삭제한 댓글은 다시 복구할 수 없습니다.
그래도 삭제하시겠습니까?
댓글 0
댓글쓰기
계정을 선택하시면 로그인·계정인증을 통해
댓글을 남기실 수 있습니다.